‘छक्का पञ्जा ३’ ले पहिलो दिन कति कमायो ?

अन्ततः ‘छक्का पञ्जा ३’ ले बक्स अफिसमा आक्रमक ओपनिङ्ग गरेको छ । प्रदर्शनको पहिलो दिनमै यो मल्टीस्टारर फिल्मले झण्डै डेढ करोडको कलेक्सन गर्न सफल भएको छ ।

निर्माता दिपकराज गिरीका अनुसार ‘छक्का पञ्जा ३’ ले घटस्थापनामा करिब एक करोड तीस लाखको ग्रस कलेक्सन गरेको छ । ‘तर यो एकिन हिसाब होइन’, निर्माता गिरीको भनाई छ, ‘प्रदर्शनको पहिलो दिन एक करोड तीस लाखको कलेक्सन गर्यो होला भन्ने हाम्रो अनुमान हो ।’ ‘छक्का पञ्जा २’ ले प्रदर्शनको पहिलो दिन एक करोड ५३ लाखको ग्रस कलेक्सन गरेर किर्तिमानी बनाएको थियो । ‘बिदा नपर्दा पनि ‘छक्का पञ्जा ३’ ले गरेको यो व्यापार रेकर्ड नै हो’, उनको भनाई छ । दर्शक प्रतिक्रिया हेर्नुस् :

दिपाश्री निरौला निर्देशित फिल्म असोज २४ गतेदेखि देशैभरका हलहरुमा लागिरहेको छ । दुई सुपरहिट प्रिक्वेल र मल्टीस्टारर फिल्मले मल्टिप्लेक्समा सर्वाधिक धेरै शोज पाएको छ । प्रदर्शनको पहिलो दिन देशका हरेक हलमा दर्शकको चाप उच्च रह्यो । सरकारी र निजि विद्यालयबिचको विभेदलाई लिएर बनाइएको फिल्म ‘छक्का पञ्जा ३’ लाई दर्शकले रुचाएका छन् । फिल्मको गीत संगीत प्रदर्शन पहिल्यै सुपरहिट भएका थिए । दर्शक प्रतिक्रिया हेर्नुस् :

दिपकराज आफ्नै लेखन रहेको फिल्म ‘छक्का पञ्जा ३’ मा उनी सँगै दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामांग, निर शाह, लक्ष्मी गिरी, शारदा गिरी, अनुरागमान सिंह कुँवर लगायतको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha