यौन दुव्यवहारको आरोपले बिरामी भए आलोकनाथ

यौन दुव्यवहारको आरोप लागेका बलिउड ‘संस्कारी’ कलाकार आलोक नाथ बिरामी परेका छन् । आलोकका वकिल अशोक सरावगीले मिडियालाई अनुरोध गर्दै भने ‘अहिले उहाँ मानसिक तनाबमा हुनुहुन्छ । दुई तीन दिन पछि आफै मिडियासँग कुरा गर्नु हुन्छ ।’

टिभी सिरियल ‘तारा’ को निर्देशक विनिता नन्दाले १९ वर्षअघि बलात्कार गरेको आरोप लगाएकी हुन् । ‘मि टु क्याम्पियन’मा सहभागी हुँदै उनले आफनो कुरा सामाजिक सञ्जालमा शेयर गरेकी थिइन । उनको अनुसार तारा सिरियलको समयमा यौन दुरव्यहार गरेका थिए ।

भारतिय मिडिया अनुसार १९९९ मा रिलिज भएको फिल्म ‘हम साथ साथ हैं’ को कू्र मेबरले पनि आलोक नाथ माथि यौन दुरव्यवहारको आरोप लगाएकी छन् । तर उनले आफनो परिचय भने गोप्य राखेकी छन् । उनले भनिन, ‘आलोक नाथले मेरो छेउमै कपडा खोल्न लागेका थिए । जब म रुमबाट बाहिर निस्कन लागेकी थिए, उनले मेरो हात समातेर जबरजस्ती गर्न लागेका थिए ।’ यौन दुरव्यवहारको समयमा कसैको साथ नपाउने डरले चुपचाप बसेका व्यक्तिहरु ‘मि टु क्याम्पियन’ मार्फत आफनो आवाज उठाइरहेका छन् ।

बलिउडमा ‘मि टु क्याम्पियन’ माफर्त यौन दुरव्यवहारको केश बाहिर आउन थालेको छ । नाना पाटेकर, उत्सव चक्रवर्ती, रजत कपुर, गौराङ्ग दोषी, विकास बहलमाथि यौन शोषणको आरोप लागेको कुरा भारतीय मिडियाले उल्लेख गरेको छ ।
त्यसैगरी

 

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha