ऋचा र छुल्ठिमको ‘चोलीको तुना’ सार्वजनिक

मिराज रोश र विशारद बस्नेतको संयुक्त निर्देशनमा बनेको फिल्म ‘न यता न उता’को ‘चोलीको तुना’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, समिर दीक्षित, मिराज रोशको फिचरिङ रहेकोे छ । भिडियो हेर्नुस् :

फिल्ममा ऋचा शर्मा, छुल्ठिम गुरुङ, समिर दीक्षित, मिराज रोशका साथै बुद्धी तामाङ, नम्रता सापकोटा, राजाराम पौडेल, कमल मणी नेपाल, जीवन भट्टराई, जयनन्द लामा, लुनिभा तुलाधर, भिमा मैनाली, राजन खतिवडा सहित अन्य विदेशी कलाकारहरुको अभिनय रहेको छ ।

गीतमा राजन इशान, मिलन अमात्य, राजनराज सिवाकोटी र मिना सिंहको आवाज रहेको छ भने एक नारायण भण्डारीको शब्द रहेको छ । गीतमा मिलन जलन र राजन इशानको संगीत संयोजन रहेको छ । रिना लामाले निर्माण गरेकी फिल्ममा विक्रम स्वारले गीतको कोरियोग्राफी गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha