प्रताप दासको ‘फूल होइन काँडा’ लाई १ करोड भ्युज

प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेकोे ‘रोज’ फिल्ममा समावेश ‘फूल होइन काँडा’ बोलको गीतलाई १ करोड भन्दा बढि पटक युटुवमा हेरिएको छ । जनावरी १५ तारिखमा अपलोड गरेको गीतले दर्शकको मन जित्दै करोड भ्युज पाएको छ ।

नेपाल आइडलका सेकेण्ड रनरअप प्रताप दासको गीतले पहिलो पटक करोड भ्युज पाएका हो । प्रताप दास युवा पुस्ताले रुचाएको गायक हुन् । नेपाली साँगीतिक क्षेत्रमा उनको व्यस्तता बढ्दो छ । गीत ‘फूल होइन काँडा’ म्युजिकल्ली टिकटकमा पनि रुचाइएको गीत हो । गीतको भिडियोमा प्रदिप खड्का र मिरुना मगर फिचरिङ छन् । गीतमा शब्द राजेश कुमार श्रेष्ठको रहेको छ भने संगीत संयोज एलिशा कार्कीले गरेका हुन् । कोरियोग्राफी कविराज गतराजको रहेको छ । गीत हेर्नुस् :

निरक पौडेलको निर्देशनमा बनेको फिल्म ‘रोज’ मा प्रदिप खड्का, मिरुना मगर र परमिता आरएल राणाको मुख्य भुमिकामा रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha