नम्रता, चाउरी पर्ला तिम्रो त्यो गाला ! (भिडियो)

सिक्किमका दुई युवा संगीतकर्मीहरु आशिस तामाङ तथा सुदर्शन सुनारको सांगीतिक समुह ‘आशिष सुदर्शन’ ले तयार पारेका पप, आधुनिक तथा लोक–आधुनिक शैलीका गीतहरुको एल्बम ‘हाट बजार’ बिहिबार काठमाडौंमा लोकार्पण गरिएको छ । गायकद्वय आशिष तथा सुदर्शनसहित टेलिभिजनकर्मी सोनाम छिरिङ लामा तथा अभिनेत्री नम्रता सापकोटाले संयुक्त रुपमा उक्त गीति एल्बम लोकार्पण गरेका हुन् ।

विमोचित एल्बममा दुई गायकको स्वरका आठ वटा गीत समावेश गरिएका छन् । एल्बमका सबै गीतहरु गायकद्वय आशिस र सुदर्शनले रचना गरेका हुन् भने उनीहरुले नै ती गीतहुलाई संगीतबद्ध गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै गायक सुदर्शन सुनारले एल्बमका सबै गीतहरुमा नेपाली मौलिक बाजाहरु प्रयोग गरिएको बताए । एल्बमको समावेश चाउरी पर्ला…गीतको म्युजिक भिडियोमा अभिनय गर्ने मोडल नम्रता सापकोटाले सिक्किमका युवा गायकहरुको नेपाली गीत–संगीतप्रतिको लगावलाई मुक्त कण्ठले प्रसंसा गरिन् । गीतको भिडियो :

एमएनएस भिम्यागसंग आवद्ध सोनम छिरिङ लामाले उक्त म्युजिक भिडियो निर्देशन गरेका हुन् । काठमाडौंमा छायांकन गरिएको उक्त भिडियोमा अभिनेत्री नम्रता सापकोटा तथा श्रीजल रुपाखेतीले अभिनय गरेका छन् । बिजय कोजुद्वारा छायँंकन गरिएको उक्त भिडियोलाई जितेन्द्र श्रेष्ठले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha