‘इन्टु मिन्टु…’ हेर्न अष्ट्रेलियामा दर्शक ओइरिए

नेपालजस्तै फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले प्रवासमा पनि आफ्नो क्रेजलाई देखाएको छ । अष्ट्रेलियाबाट आफ्नो अन्र्तराष्ट्रिय प्रदर्शन सुरू गरेको यो फिल्मले बिशेष गरेर सिड्नीमा अपार दर्शकको साथ पायो ।

सिड्नीको पारामाटामा रहेको इभेन्ट सिनेमामा फिल्मका नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह उपस्थित थिए । यसैले पनि फिल्म हेर्न दर्शकहरू ओइरिएको अनुमान छ । ‘हामीले यहाँ एउटा मात्र हल लिएका थियौं तर दर्शकहरूको चाप बढेकाले एउटै हलमा एकै समयमा दुई शो गर्नु पर्यो, फिल्मका लागि यो सफलता हो’, ‘इन्टु मिन्टु लन्डनमा’लाई अष्ट्रेलिया भित्र्याएको एजुकेशन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले जानकारी दिए । धिरज र साम्राज्ञीसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

यो भन्दा अगाडि अष्ट्रेलियाको एडिलेटमा फिल्मको प्रदर्शन सफलताका साथ सम्पन्न भैसकेको छ भने अब मेलबर्न, तासमानिया र क्यानबेरामा शो हुंदैछ । यतिबेला युवा पुस्तामाझ राम्रो सफलता हात पारेको यो फिल्मको बिषयवस्तु र कलाकारहरूको कामको सिड्नीका दर्शकहरूले खुलेर प्रशंसा गरे । ‘अष्ट्रेलियामा रहनु भएका दर्शकहरूको माया र साथले साँच्चिकै मन फुरूगं भएको छ’, धिरज र साम्राज्ञीले भने ।

सिड्नीमा एउटै हलमा तीन सय भन्दा बढी दर्शकहरूले यो फिल्म हेरेका थिए । ‘अष्ट्रेलियामा रहनु भएका दर्शकहरूलाई राम्रो फिल्म पस्कन पाएकोमा हामी खुशी छौ, आगामी दिनहरूमा पनि यस्तै राम्रा फिल्महरू ल्याउने प्रतिबद्धता हामी ब्यक्त गर्छौ’, सुनील उप्रेतीले भने ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha