‘नेपाल आइडल २’ का प्रतिस्पर्धीको दशैं तिहार गीत

रियालिटी शो ‘नेपाल आइडल’ को दोश्रो संस्करणमा टप ट्वान्टी सम्म पुगेका प्रतिस्पर्धीहरुले ‘दशैं तिहार’ बोलको गीत बजारमा ल्याएका छन् । दशैं नजिकिदै गर्दा नेपाल आइडलका प्रतिस्पर्धीले याँ प्रस्तुति लिएर आएका हुन् । भिडियो हेर्नुस् :

गीतमा नेपाल आइडलकै प्रतिस्पर्धीले समेत अभिनय गरेका छन् । आशिष प्रसाईंले निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा कलाकारहरु विश्वास उप्रेती, रवि शर्मा, करण जोशी, संजय सोब र सविन सुवेदीको संयुक्त आवाज रहेको छ । पछिल्लो समयमा विदेशमा रहेका दाजुभाईलाई सम्झदैं गीत बनाउने चलन धेरै छ ।

यो गीत पनि विदेशी दाजुभाई ध्यानमा राखेर तयार पारिएको छ । गीतमा शब्द र कम्पोज विक्की महतको रहेको छ भने सिद्धार्थ भट्टको संगीत रहेको छ । राजेश घिमिरेले खिचेको भिडियोलाई सुिशल न्यौपानेले सम्पादन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha