सिंगापुर साउथ एसियन फेस्टिभलमा ‘डाइङ क्यान्डल’ लाई २ अवार्ड

नेपाली कथानक फिल्म ‘डाइङ क्यान्डल’ले ‘सिंगापुर साउथ एसियन इन्टरनेशनल फिल्म फेष्टिवल अवार्ड–२०१८’ मा दुई विधामा अवार्ड जितेको छ । फिल्मले उत्कृष्ठ अभिनेत्री र सिनेम्याटोग्राफरमा अवार्ड पाएको हो ।

उक्त फेस्टिभलमा ‘डाइङ क्यान्डल’बाट उत्कृष्ठ अभिनेत्रीको आवार्ड सिर्जना सुब्बाले हात पारिन् भने उत्कृष्ठ सिनेम्याटोग्राफीको अवार्ड दिपन्कर सिक्देर र रवीन आचार्यले पाए । दिदी र भाइको आत्मीय सम्बन्धमा बनाइएको फिल्म ‘डाइङ क्यान्डल’ नरेशकुमार केसीले निर्देशन गरेका हुन् ।

नेपालमा पनि यो फिल्मलाई दर्शकले रुचाएका थिए । यो फिल्मको कथा पनि निर्देशक केसीले नै लेखेका हुन् । फिल्ममा सिर्जना सुब्बासँगै लाक्पा सिन्गी तामाङ, सौगात मल्ल, अर्पण थापा र विद्या कार्कीको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha