‘लाहुरे र्याप’ फिल्म खेल्दै आशिष राना ‘लाहुरे’

नेपालको चर्चित र्यापर आशिष राना (लाउरे) फिल्म ‘लाउरेको र्याप’मा देखिने भएका छन् । फिल्ममा उनको मुख्य भुमिका रहनेछ । लाहुरेसँगै फिल्ममा सोनाम पाख्रिन देखिने पक्का भएको छ । अन्य कलाकार भने फाइनल गर्न बाँकी रहेको निर्माण टिमले जानकारी दिएको छ ।

र्याप ब्याटलबाट चर्चामा आएका लाउरे पछिल्लो समय टेलिभिजन रियालिटी शो ‘रोडिज्’मा व्यस्त छन् । हाल लाउरे र निर्माण यूनिटबिच लिखित सम्झौता भइसकेको छ । लाउरेले यसअघि २०१४ मा फिल्म ताण्डवमा अभिनय गरेका थिए । जुन व्यवसायिक रुपमा सफल हुन सकेन ।

एक सय बढी म्युजिक भिडियो निर्देशन गरेका पासाङ योन्जन लामा यही फिल्म ‘लाउरेको र्याप’ बाट निर्देशनमा डेब्यु गर्दैछन् । अहिले स्क्रिप्टको काम भैरहेको छ भने माघका फिल्मको अफिसियल घोषणा गर्ने र फागुनबाट फ्लोरमा जाने निर्माण टिमको योजना रहेको छ ।

फिल्ममा हरी हुमागाईंको छायांकन रहने छ भने निर्माण दावा शेर्पाले गर्न लागेका हुन् । फिल्मको छायांकन काठमाडौँसंगै नेपालका विभिन्न स्थानहरुमा हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha