जीवन, नीत र मुकेशको ‘धुन’ ट्रेलर

कृष्ण पौडेलको लेखन र निर्देशन रहेको फिल्म ‘धुन’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक टे«लरमा निता ढुङ्गाना, जिवन लुईंटेल, मुकेश ढकाल प्रस्तुत छन् । ट्रेलर हेर्नुस् :

धुन को प्रोमोमा प्रेम र बिछोडलाई मुख्य रुपमा देखाईएको छ । ‘उसकै मात्र तस्बिर मेरो आँखा अघि पछि नाचिरहेको छ, उसकै कारणले मेरो मनमा मायाको धुन बजिरहेको छ ’ जस्ता संवाद ट्रेलरमा समावेश गरिएको छ । सांगीतिक परिवेशलाई प्रोमोमा उठाउने प्रयास गरिएको छ । फिल्ममा निता ढङ्गाना, जिवन लुइटेल, मुकेश ढकाल सँगै श्रेया दुलाल, उमा बेबीको पनि अभिनय रहेको छ ।

विरेन्द्र भट्टको छायाँकन रहेको फिल्ममा प्रदिप श्रेष्ठको नृत्य निर्देशन छ । फिल्मलाई मालती शाह, सुशिल शाह, बिनोद भट्ट, मधुसुधन ढकाल र श्रेया दुलालले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha