‘बायोपिक लेख्न अनुमती दिएको छैन’ : नम्रता श्रेष्ठ

नायिका नम्रता श्रेष्ठको जीवनीमा आधारित उपन्यास बजारमा आउन लागेको खबर मिडियामा बाहिरिएको थियो । तर नम्रताले आफनो जीवनीमाथि उपन्यास लेख्नलाई अनुमती नदिएको बताएकी छिन् ।

जीवनमा आएको कठिन मोड र उनको सहासलाई मुख्य बिषय बनाइने भनिएको बायोपिक उपन्यासलाई नम्रताले रोक लागाएकी हुन् । सविन प्रियासनले उनको जीवनीमा उपन्यास लेखिरहेको खबर बाहिरिएको थियो । सविन प्रियासनले उनको अनुमतीबाटै उपन्यास लेखिरहेको बताउँदै आएका थिए । तर नम्रताले ‘प्रसाद’ फिल्मको प्रेस मिटमा उनले उपन्यास लेख्न अनुमती नदिएको बताएकी छन् ।

उनले भनिन्, ‘मैंले उपन्यास लेख्नलाई अनुमती दिएको कुरा गलत हो । उहाँले मलाई पहिला कुरा गर्नु भएको थियो । तर उहाँले उपन्यास लेखिसके पछि मात्र भेट्न आउनु भयो । उहाँसँगको कुराकानीमा मैंले इच्छा छैन भनेपछि केहि कुरा भएको छैन । २०१५को कुरा अहिले बाहिरिएको म आफै अच्मित परेकी छु ।’ उनले थप्दै भनिन ‘मेरो बायोग्राफी लेख्नलाई मेरो अनुमती छैन भने उपन्यास कसरी बजारमा आउँछ ।’

नम्रताले अहिले उपन्यास आउन रोक लगाए पनि भविष्यमा आउन सक्ने संकेत दिएकी छन् । यसै विषयमा बोल्दै भनिन्, ‘अहिलै किन हत्तार अझै धेरै काम गर्नै बाँकी छ । त्यसपछि सोचौंला, अहिले केहि सोच बनाएको छैन ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha