पिउन छाडेर टेलिभिजनमा फर्कदैं कपिल शर्मा

भारतमा कमेडी किंग भनेर चिनिएका कपिल शर्मा फेरि कमेडी शो लिएर आउने भएका छन् । कुनैबेला कपिल शर्माको कार्यक्रम सबैभन्दा बढी हेरिन्थ्र्यो । तर, तारिफसँगै कपिलको शोले धेरै समस्याको सामना पनि गर्नुपरेको थियो ।

उक्त शोमा गुत्थी र डा. गुलाटीको भूमिकामा देखिएका सुनील ग्रोबर र कपिल शर्माबीचको मनमुटाबले ठूलै रुप लियो । चर्चा मात्रै होइन, उक्त विवाद शोका लागि हानिकार बन्यो । सुनील यस कार्यक्रमका लागि सबैभन्दा रुचाइएका पात्र थिए । तर, कपिलको यो कार्यक्रम लामो समय चल्न पाएन ।

कमेडियन कपिलले आफू केही समयपछि पुनः टिभीमा देखिने बताएका छन् । एक अन्तर्वार्तामा उनले भने अनुसार उनी टिभीमा आउन निकै आतुर छन् । आगामी महिना अर्थात् नोभेम्बरबाट उनी ‘द कपिल शर्मा सो–२’ लिएर सोनी टिभीको पर्दामा देखिनेछन् ।

कपिलका अनुसार उनका फ्यानहरू उनलाई बारम्बार म्यासेज गरिरहन्छन् । म्यासेजमा फ्यानहरू उनको उक्त शोबारे विभिन्न जिज्ञासा राख्छन् ।

अन्तर्वार्तामा कपिलले बताए अनुसार लामो समय टिभीमा नदेखिनुको एक कारण अल्कोहल हो । कपिल भन्छन्, ‘म अल्कोहलिक हुँ, मैले धेरै पिउन सुरु गरेको थिएँ । त्यो मेरो गल्ती थियो । तर, मानिसलाई आफूले गलत गरिरहेको थाहा छ भने उसले फेरि गल्ती गर्दैन । मानिस आफ्नो अन्तिम साससम्म पनि केही सिकिरहन्छ । म पनि सिकिरहेको छु ।’

कपिलले थप्दै भने, ‘पछिल्ला जति पनि खराब बानी थिए, ती मैंले छाडिसकेँ । मलाई आफ्नो काम र परिवारप्रतिको जिम्मेवारी महसुस भएको छ ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha