काजोलको ‘हेलिकप्टर ईला’ बक्स अफिसमा सुस्त

बलिउडमा दुई ठुला स्टार गोविन्दाको ‘फ्रायडे’ र काजोलको ‘हेलिकप्टर ईला’ रिलिज भएको छ । उनका साथै दुईटा फिल्म ‘जलेबी’ र ‘टुन्बाड’ रिलिज भयो । तर चार वटा फिल्म मध्ये एउटा फिल्मले पनि एक करोडमा ओपनिङ गर्न सकेन ।

‘दिलवाले’ पछिको फिल्ममा कमब्याक गरेकी काजोलको फिल्मले बक्स अफिसमा खासै कमाल देखाएको छैन । फिल्मले पहिलो दिन ७५ लाख मात्र बक्स अफिसमा जम्मा गरेको छ । ७५ लाखमा ओपनिङ गरेको फिल्मले शनिबार १.३० करोड कमायो । तर फिल्मको कमाइ सुस्त रुपमा अगाडि बढेको छ । एकल आमा र छोराको सम्बन्धमा आधारित फिल्मलाई समिक्षकहरुले मन पराएपनि दर्शकले रुचाएन्न । फिल्ममा ईलाको भुमिका काजोलले निभाएकी छन् भने उनको छोराको भमिका रिद्धी सेनले निभाएका छन् । प्रदिप सरकारले निर्देशन गरेको फिल्मलाई अजय देवगनले निर्माण गरेका छन् ।

गोविन्दाको कमेडि फिल्म ‘फ्रायडे’को पनि खासै प्रभावकारी देखिएको छैन । फिल्मले ३ दिनमा जम्मा १.१० करोड कलेक्शन गरेको छ । यो फिल्मको बजेट १५ करोड हो । गोविन्दाको फिल्म ‘फ्रायडे’ले पहिलो दिन जम्मा ४० लाखबाट ओपनिङ गरेको छ । भिषेक डोगराले निर्देशन गरेको फिल्म फ्रायडेबाट गोविन्दाले फिल्ममा कमब्याक गरेका हुन् । बलिउडमा फेरि एक नम्बर रहनलाई कोशिस गरेका गोविन्दालाई दर्शकले रुचाएन्न । फिल्ममा गोविन्दासँगै संजय मिश्रा र वरुण शर्माको पनि मुख्य अभिनय रहेको छ ।

‘टुन्बाड’ले तीन दिनमा २.७६ करोड कलेक्शन गरेको छ भने जलेबीले तीन दिनमा १.६५ करोड कमाएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha