‘हाउसफुल ४’ मा अक्षय कुमारको लुक्स सार्वजनिक

अहिले बलिउड फिल्म ‘हाउसफुल ४’ को निकै चर्चा भईरहेको छ । यस फिल्मलाई निर्देशन गरिरहेका साजिद खानले हातबाट फिल्म निक्लिएको छ । उनलाई यौन दुरव्यवहारको आरोप पश्चात फिल्मबाट बाहिर हुनु परेको हो ।

यस फिल्ममा नयाँ निर्देशकको प्रवेश भएको छ । साजिद खान फिल्मबाट बाहिरिएको खबरका बिच अभिनेता अक्षय कुमारको फस्ट लुक सार्वजनिक गरिएको छ । अक्षय कुमार लामो जुगांमा गम्भिर योद्दा जस्तै देखिएका छन् । फिल्म पूर्णजन्ममा आधारित रहेको छ । उनी यस फिल्ममा डबल रोलमा देखिएका छन् । यसै फिल्ममा भएको उनको बाहुबलीको जमानाको लुक्स सार्वजनिक गरिएको हो ।

अगामी वर्षको दिवालीमा प्रर्दशन हुने फिल्ममा रितेश देशमुख, बबि देवल, कृति खरबंदा, कृति सेनन र पुजा हेगडे लगायतका कलाकारहरुको रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha