दीपिका र रणवीरले रोजे विवाहको लगन

बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको विवाह मिति तय भएको छ । उनीहरुले नोभेम्बर १४ र १५ तारिख विवाहकोे मिति सार्वजनिक गरेका छन् । सार्वजनिक मितिमा दुई दिन राखिएको हुदाँ कुनै एक दिन रिसेप्सन पार्टी पनि सक्ने अनुमान छ ।

उनीहरुले आफनो विवाहमा ३० जनालाई मात्र बोलाउने कुरा पहिलै मिडियामा सार्वजनिक गरिसकेका छन् । त्यस कारण यो निमन्त्रणा पार्टीको दिनलाई लक्षित गरेर सार्वजनिक गरिएको हो । विवाहपछि भारत आएर रिसेप्सन पार्टी दिने बताइएको छ । साथै एउटा रिसेप्सन पार्टी मुम्बईमा र अर्को बैंगलोरमा हुने भारतिय मिडियामा उल्लेख छ ।
रणवीर र दीपिका दुवैले हिन्दी र अंग्रेजीमा लेखिएको निमन्त्रणा ट्वीटरबाट सार्वजनिक गरेका छन् । निमन्त्रणामा लेखिएको छः–

‘हाम्रलाई यो कुरा भन्न धेरै खुसी लागेको छ की हाम्रो परिवारको आशिर्वादले हाम्रो विवाह १४ र १५ नोभेम्बर, सन् २०१८ मा हुँदैछ ।

यतिका वर्षसम्म तपाईहरुले हामीलाई जसरी माया र स्नेह दिनुभयो त्यसको लागि हामी आभारी छौँ, हाम्रो शुरु हुन लागेको प्रेम, मित्रता र विश्वासको यो शुभ यात्राको लागि हामी तपाईकोे आशिर्वादको कामना गर्द छौँ ।
धेरै धेरै माया
दीपिका र रणवीर

उनीहरु इटलीमा सँगै भेटिएपछि उनीहरुको विवाह हुन लागेको हल्ला चलेको थियो । त्यतिबेला उनीहरु विवाह गर्ने ठाउँ हेर्न गएको अनुमान लगाइएको थियो । त्यस लगत्तै भारतिय मिडियासँगको एक अन्तवार्तामा रणवीरले भनेका थिए, ‘हामी निश्चित भएपछि विवाहको कहिले हुन्छ भन्ने कुरा सार्वजनिक गर्नेछौं ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha