नयाँ रेकर्ड बनाउँदै ‘छक्का पञ्जा ३’, यति छ कलेक्सन

‘छक्का पञ्जा ३’ ले बक्स अफिसमा धमका मच्याइरहेको छ । घटस्थापनादेखि प्रदर्शनमा आएको यो मल्टीस्टारर फिल्मले हालसम्म पनि दर्शकलाई हलमा आकर्षण गरिरहेको छ । पहिलो र दोश्रो श्रृंखलाले बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड बनाउँदा ‘छक्का पञ्जा’ को तेश्रो श्रृंखलाले चाहिं कति कमायो होला त ?

‘घटस्थापनादेखि कार्तिक  ४ गतेसम्म ‘छक्का पञ्जा ३’ ले बाह्र करोड कमाएको छ’, फिल्मका निर्माता र वितरकको भनाई छ । १२ दिनमा ‘छक्का पञ्जा ३’ ले गरेको यो व्यापार सर्वाधिक हो । पहिलो र दोश्रो पछि तेश्रो श्रृंखला व्यापारिक रुपमा अब्बल दह्ररिएको छ । सर्वाधिक व्यापार गरेको ‘छक्का पञ्जा’ ले १६ करोड कमाएको थियो भने छक्का पञ्जा २ ले चौध करोड माथिको कलेक्सन गर्यो । के ‘छक्का पञ्जा ३’ ले अघिल्ला दुई श्रृंखलाको रेकर्ड तोड्ला ? दिपक र दिपासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

हालसम्मको बक्सअफिस रिपोर्ट बुझ्दा ‘छक्का पञ्जा ३’ ले नयाँ व्यापारिक रेकर्ड राख्ने अनुमान गर्न सकिन्छ । किनभने दुई साता हुंदा पनि हलमा दर्शकको चाप उच्च नै छ । फिल्मले राजधानी र देशका मुख्य मुख्य शहरमा आक्रमक रुपमा दर्शक तानिरहेको छ । केदार र दीपिकासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

‘छक्का पञ्जा ३’ मा सरकार र निजि विद्यालय बिचको अन्तरलाई देखाइएको छ । यो विषयलाई दर्शकले रुचाएका छन् । फिल्ममा दिपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामांग, निर शाह, जयनन्द लामा, लक्ष्मी गिरी, शारदा गिरी लगायतको मुख्य भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha