‘मि टु’ मुभ्मेन्टमा सहभागी हुन रेखा र केकीको अपिल

हलिउड देखि सुरुवात भएको ‘मि टु’ अभियान बलिउडमा अहिले चर्किरहेको छ । मि टु मुभ्मेन्ट मुछिंदा बलिउडका ठुला ठुला कलाकार, निर्माता, निर्देशक र गायक तथा संगीतकारले आफु आवद्ध कार्यलाई छोड्नु परेको छ ।

बलिउडमा महिला मात्र नभई पुरुषहरु पनि मि टु अभियानमा देखिन थालेका छन् । केहि समय अघि बलिउड अभिनेता सैफ अली खानले आफु माथि ह्यारेसमेन्ट भएको बताएका थिए । उनले आफु माथि सेक्सुअल ह्यारेसमेन्ट नभई भविष्य माथि खेलबाड गरेको खुलाएका थिए ।

बलिउडमा महिला पुरुष खुलेर मि टु अभियानमा सहभागि हुदाँ नेपालमा भने त्यति खुलेर आउन सकेका छैन्न । यसको केहि असर देखिए पनि नेपाली अभिनेत्रीहरु अझैपनि खुलेर आउन सकेका छैन्न । मि टु मा सहभागि भएनन भनेर नेपाली अभिनेत्रीलाई कुनै समस्या छैन भन्ने धारणा गलत रहेको जानकारहरुको भनाई छ । यहाँ हरेक दिन जसो हरेक नायिका ह्यारेसमेन्टका शिकार भएका हुन्छन्, धेरैको धारणा यस्तै छ ।

यस्तैमा निर्देशक, निर्माता तथा अभिनेत्री रेखा थापाले सामाजिक सञ्जालमा मि टु अभियानलाई गम्भिरतापुर्वक लिन जरुरी छ । बलियो हुनुस, साहसी बनुस । भनेर स्टाटस पोस्ट गरेकी छन् । उनी आफैंले महिला हिंसा र बाल बिवाह बिरुद्ध फिल्म ‘मालिका’ बनाएकी छन् ।

रेखा सँगै अभिनेत्री केकी अधिकारीले पनि ‘मि टु’ अभियानलाई निकै समर्थन गरेकी छन् । उनले बाबुराम भट्टराईको ट्विटरलाई आफनो फेसबुकमा सेयर समेत गरेकी छन् । बाबुराम भटटराईले लैंगिक समानता भएको देशमा त यति समय लाग्यो भने हाम्रो देशमा कठिन छ । बिस्तारै यस्ता केश बाहिर आउने अपेक्षा जताएका छन् ।

यसै कुरालाई समर्थन गर्दै केकीले आफनो फेसबुकमा यो पोस्टलाई सेयर गरेकी छन । उनले मि टु मा समर्थन गर्नेको समाचार र मि टुमा मुछिएका व्यक्तिहरुको पनि समाचार सेयर गरेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha