२० लाख दिएर निर्देशक नाल्बोले लिए पल !

नायक पल शाहले ‘शत्रु गते’ पछि २० लाख भन्दा बढि पारिश्रमिक लिएर नयाँ फिल्म साइन गरेका छन् । निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गर्न लागेको फिल्म ‘हृदय भरी’ महंगो पारिश्रमिकमा पक्का भएका हुन् ।

नेपालमा नायकले २० लाख पारिश्रमिक पाउनु भनेको राम्रो पारिश्रमिक हो । हुन त अनमोल केसीले ५० लाख लिएर ‘ए मेरो हजुर २’ र ‘ब्याचुलर बन्टी’ दुई फिल्म साइन गरिसकेका छन् । प्रदिप खड्का पनि महंगो पारिश्रमिक लिने नायकको रुपमा पर्न आउँछन् । अनमोल र प्रदीपपछि पल शाह मंहगा नायक बनेका हुन् ।

पल पछिल्लो समयमा फिल्ममा भन्दा बढि म्यूजिक भिडियोमा व्यस्त छन् । यो फिल्ममा पल शाह रहने पक्का भए पनि नव नायिकाको खोजी भईरहेको फिल्मका निर्देशक सुरज सुब्बाले बताए । उनले पललाई बीस लाख पारिश्रमिक दिएको स्विकार गरे ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha