हनी सिंहको सोलो कमब्याक

एक समयमा म्युजिकको दुनियामा हनी सिंहको राज थियो । कुलतमा फसेका हनी सिंह चार वर्ष पछि सिंगल म्युजिक भिडियो बनाउँदै छन् । उनको नयाँ लुक सार्वजनिक भए सँगै सामाजिक सञ्जालमा तहल्का मचिएको छ ।

हनी सिंह चर्चित ¥याप सिंगर हुन । उनको प्रायः गीत सबै हिट नै छन् । उनको ‘उर्वशी’ एल्बमको गीतले तहल्का मचाएको थियो । यस एल्बममा समावेश ‘उर्वशी उर्वशी’ गीतलाई आज सम्म ५ करोड भन्दा बढि पटक युटुबमा हेरिएको छ । हनीले आफैले गीत लेखेर गाएका छन । गीतमा शाहिद कपुर र कियारा आडवानीले फिचरिङ गरेका छन । उनी यही गीतबाटै चर्चामा आएका थिए ।

हनी सिंहले आफनो नयाँ लुक फेसबुकमा सेयर गरेका हुन । उनले लेखेका छन ‘यो हो हनी सिंहको फस्र्ट लुक । ४ वर्ष पछि म्युजिक भिडियोमा एक्लै आउँदै छु ।’ उनले यो गीतको भिडियो क्युबाको राजधानी हवानामा सुट गरेको जानकारी सामाजिक सञ्जाल मार्फत नै दिएका छन् ।

केही समय अघि हनी सिंहले ‘लवयात्री’ फिल्मको ‘रंगतारी’ गीतमा आफनो स्वर दिएका थिए । तर उनको सिंगल कमब्याकको खबरले तहल्का मचाएको छ । हनीले ‘चार बोतल भोड्का काम मेरा रोजका’, ‘धीरे धीरे से’, ‘ब्लू आइज’, ‘पार्टी अल नाइट’, ‘देशी कलाकार’ जस्ता सुपरहिट गीतले दर्शकको मन जितेका थिए ।

उनको गीत बिना हर पार्टी खल्लो छ । पछिल्लो गीतले त्यहि के्रज बनाउँन सक्छन्न कि सक्दैन्न भन्ने कुराले दर्शकलाई उत्सुक बनाएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha