‘चङ्गा चेट’ गर्नेहरुको अनुहार सार्वजनिक

दीपेन्द्र के. खनाल निर्देशित मल्टिस्टारर फिल्म ‘चङ्गा चेट’ को सेन्सर पास भएसँगै पोस्टर सार्वजनिक भएको छ । कार्तिक १६ गते रिलिज डेट नजिकिदै गर्दा तीन वटा पोस्टर सार्वजनिक गरेको छ । फिल्मले सेन्सरबाट पिजी प्रमाण पत्र पाएको छ ।

कमेडि जनरामा तयार पारिएको चङ्गा चेट फिल्म हेर्न १६ वर्ष मुनिका बालबालिकाहरुले अभिभावकको निगरानीमा रहर्नु पर्नेछ । काठमाडौमा बसेको युवाहरुको पैसा कमाउने जोस र रोजगारीको समस्यालाई फिल्मको कथामा समेटिएको छ । यस फिल्मको ‘गोजीमा दाम छैन’ गीत हिट भएपछि एक पोस्टरमा गोजीमा दाम नभएको देखाईएको छ । अर्काे पोस्टरमा सुरक्षा पन्त, आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री र रविन्द्र झा कैदीको रुपमा देखिएका छन् । केहि समय अघि सार्वजनिक गरिएको पोस्टरमा कलाकारहरुलाई चङ्गामा देखाईएको थियो ।

फिल्ममा आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रविन्द्र झा, प्रियंका कार्की, परमिता आरएल राना, सुरक्षा पन्तको मुख्य भुमिका रहेको फिल्ममा निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको छ ।

माधव वाग्ले र सर्मिला पाण्डेको संयुक्त निर्माण रहेको फिल्ममा कथा लेखन प्रदीप भारद्वाजको रहेको छ । राजनराज सिवाकोटी, अल्मोडा राना उप्रेती र अर्जुन पोखरेलको संगीत रहेको फिल्मलाई निरक कँडेलको छायांकन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha