दिवाकर र दीपिकाले औंठी साटे, यही वर्ष बिहे

निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाईंले टिकाटालो गरेका छन् । दुई महिना अगाडी औंठी साटेपनि उनीहरुले शनिबार मात्रै दुई जनाको फोटो सार्वजनिक गरेर इन्गेजमेन्ट भएको संकेत दिएका हुन् ।

दिवाकर र दीपिका दुवैले फेसबुकको टाइमलाइनमा फोटो सेयर गरेर आफ्नो प्रेमलाई सार्वजनिक गरेका हुन् । दिवाकर निर्देशित फिल्म ‘ऐश्वर्य’ बाट दीपिकाले डेव्यु गरेकी थिइन् । यही फिल्मसँग आवद्ध भएसँगै उनीहरुबिच प्रेम गाँसिएको थियो । झण्डै दुई बर्षको प्रेमपछि उनीहरुको इन्गेजमेन्ट भएको हो । बुझिए अनुसार दिवाकर र दीपिका यही वर्ष बिवाह गर्दैछन् ।

ब्ल्कबस्टर फिल्म ‘छक्का पञ्जा ३’ की सोलो हिरोइन दीपिका नेपाली फिल्मकी आशा लाग्दी नायिका हुन् भने दिवाकर यतिबेला अनमोल केसीको ‘क्याप्टेन’ फिल्ममा व्यस्त छन् । यी दुई जवान जोडीलाई उज्जवल भविष्यको कामना ! उनीहरु आजै थाइल्यान्ड जाँदैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha