नायिका वेनिशा हमाल माथि दुर्व्यवहार (भिडियो सहित)

नायिका बेनिशा हमालले आफुमाथि भएको दुर्व्यवहार मिडियामा खुलाएकी छिन् । उनी माथि भएको ह्यारेसमेन्ट आठ वर्ष पुराना हो । उनले बताए अनुसार उनी १९ वर्षको मात्र थिइन । भिडियो हेर्नुस् :

उनले भनिन ‘म बैंकको लागि फोटो सुट गरिरहेको थिए । फोटो सुट सकिएपछि त्यहाँको एक कर्मचारीले बैंकको सिइओले नगरकोट घुम्न जाने भन्नु भएको छ भन्नु भयो, त्यति बेला मेरो दिमागमा केहि आएन, एक थप्पड लगाएर मेरो फोटो डिलेट गर्न लगाएँ ।’

उनले बैंकको सिइओको नाम थाहा नभएको बताउँदै फोटो सुट चै नेपाल टेलिभिजनको लागि सिरियल गरिरहेको मिडिया हाउसबाट गराएको बताइन् । उनी ह्यारेसमेन्टको शिकार हुदाँ न त उनी आफ्नो परिवारलाई भन्न सक्थिन न त केहि कदम नै उठाउन सक्थिन । उनको भविष्यको सुरुवात मात्रै हुन लागेको थियो ।

उनले केहि कदम उठाउन नसक्नुको कारण खुलाउदै भनिन् ‘परिवारबाट ग्यामरको दुनियाँमा यस्तो हुन्छ भनेकै थियौ त किन जानु पर्याे, पर्दैन फिल्ममा काम गर्न भन्ने डरले त्यस समयमा भन्ने हिम्मत गरिन । धेरै कन्भेन्स गराएर काम गरेको थिए । भर्खर त भविष्यको सुरुवात गरेको थिए कसरी भन्नु ! तर आफ्नो तर्फबाट त्यो समयमा केहि त एक्सन लिए भनेर चित्त बुझाए ।’

बेनिशाले ‘मि टु’ अभियानमा आफुमाथि घटेको घटनाबारे खुलाउँदै हरेक माहिलालाई आफ्नो आवाज उठाउनको लागि आग्रह गरिन् । बेनिशा भन्छिन ‘अरुको लागि भन्दा पनि आफ्नो लागि आवाज उठाउनु पर्छ ।’

हलिउड देखि सुरुवात भएको ‘मि टु’ अभियान बलिउडमा अहिले चर्किरहेको छ । मि टु मुभ्मेन्ट मुछिंदा बलिउडका ठुला ठुला कलाकार, निर्माता, निर्देशक र गायक तथा संगीतकारले आफु आवद्ध कार्यलाई छोड्नु परेको छ ।

बलिउड र हलिउडमा ठुलो रुप लिइसकेको मि टु अभियान नेपालमा पनि बिस्तारित हुँदैछ । मि टु अभियानलाई नेपालका अभिनेत्रीहरुले समर्थन गरिरहेका छन् । नायिका रेखा थापा, केकी अधिकारी र रिमा विश्वकर्माले आफ्नो आबाज उठाउनलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha