‘गुनगुन’ मा ‘चम्क्यो तारा चमक्क’, संचिताको नाच कस्तो ?

फिल्म ‘गुनगुन’ को दोस्रो गीत सार्वजनिक भएको छ । सामाजिक कथामा निर्माण भएको यस फिल्मको दोस्रो गीतमा संचिता लुइँटेल र सन्नी ढकाल प्रस्तुत छन् । यी दुईको प्रेमभावलाई गीतमा चित्रण गरिएको छ । भिडियो हेर्नुस् :

सार्वजनिक ‘चम्क्यो तारा चमक्क’ बोलको गीतमा प्रदीप भट्टराईको शब्द, विकास चौधरीको संगीत र मेलिना राई तथा दौलत राइको स्वर रहेको छ । गीतलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् भने यसलाई सौरभ लामाले छायाँकन गरेका छन् ।

फिल्म गुनगुनमा संचिता र सन्नीसँगै निर्देशक तथा निर्माता पुकार भट्टराई , नायक सुवास मेचे रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई लगायतको अभिनय रहेको छ । कार्तिक ३० बाट प्रदर्शनमा आउने फिल्मले समाजकै घटनालाई चित्रण गर्ने निर्देशकले बताए । ‘कथा सामाजिक नै हो, प्रस्तुतिमा केहि भिन्नता ल्याउने कोसिस छ’ भट्टराईले फिल्मलाई दर्शकले रुचाउने बताए ।

प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha