‘गोजीमा दाम छैन’ लाई डेढ करोड, संगीतकारलाई ५० हजार

फिल्म ‘चंगा चेट’ मा समावेश ‘गोजीमा दाम छैन’ लोक लयको गीतले युटुवमा एक करोड पचास लाख भ्युज पाएको छ । यो खुसीयालीमा निर्माण पक्षले मंगलबार केक काटेर संगीतकारलाई नगद पुरस्कार समेत दियो । फिल्म यही शुक्रबार, कात्तिक १६ गतेदेखि प्रदर्शनमा आउँदैछ । गीत हेर्नुस् :

निर्मातद्वय सर्मिला पाण्डे र माधव वाग्लेले संगीतकार राजनराज सिवाकोटीलाई पचास हजारको चेक हस्तान्तरण गरे । प्राप्त पचास हजारबाट गीतकार हरिहर तिमल्सिनालाई पाँच प्रतिशत दिने संगीतकार सिवाकोटीले बताए । गीतमा संगीतकार सिवाकोटीसँगै गायिका मेलिना राई र बाल गायक ग्रिष्मा सिवाकोटीको स्वर रहेको छ ।

प्रविण सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका सबै मुख्य कलाकारहरुले नृत्य प्रस्तुत गरेका छन् । प्रियंका कार्की, आयुष्मान देशराज, सन्दिप क्षेत्री, परमिता राज्यलक्ष्मी राणा, रविन्द्र झा र सुरक्षा पन्तको फिल्ममा मुख्य भूमिका छ ।

दिपेन्द्र के.खनालको निर्देशन रहेको फिल्म ‘चंगा चेट’मा प्रदीप भारद्वाजको लेखन छ । फिल्म पैसाको पछि लाग्ने युवा पुस्ताको कथा बस्तुमा आधारित छ । सन्दिप, सुरक्षा र परमितासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha