‘मि टु’ अभियानलाई मजाक बनाउँदा एपीवानले माफी माग्यो

यौन दुर्व्यवहार विरुद्ध चलाइएको ‘मि टु’ अभियानलाई नेपालमा पनि गम्भिरपुर्वक लिईंदैछ । तर यो गम्भिर मि टु अभियानयनलाई मजाक बनाएकोमा नेपालको एक टेलिभिजन माफी माग्नु परेको छ ।

‘मि टु’ अभियानलाई मजाकको विषय बनाउँदा ‘नेपाल आइडल २’ चलिरहेको एपी वानले माफी मागेको हो । गत बिहिबारको ‘नेपाल आइडल २’ को शोमा कलाकार सन्दिप क्षेत्रीले होस्ट रिमा विश्वकर्मालाई अंकमाल गर्न खोज्दा मि टु भनिन् । त्यसपछि सन्दिपले मि थ्री र शोका अर्का होस्ट आशिफ शाहले मि फोर भने । यसैलाई निरन्तरता दिदै सन्दिपले मि फाइभ भने । सन्दिप आफु अभिनित फिल्म चंगा चेटको प्रचार गर्न अतिथि बनेर गएका थिए । भिडियो हेर्नुस् :

गम्भिर रुपमा लिइएको ‘मि टु’ अभियानलाई मजाकको विषय बनाएको भन्दै नेपाल आइडल २ को उक्त एपिसोडमा थुप्रै नकारात्मक प्रतिक्रिया आए । यस पश्चात् एपीवानले आफ्नो आधिकारिक ट्विटरबाट माफी मागेको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha