‘अमानविय व्यवहार विरुद्ध ‘मिटु’अभियान’ : केकी

नायिका केकी अधिकारीले ‘मि टु’ अभियानमा आफनो आवाज र अनुभव राख्दै आइरहेकी छिन् । यद्पी मि टु मोमेन्टले त्यति गति लिन भने सकिरहेको छैन । आजाव उठाउने क्रम भने जारी छ ।

केकीले ‘मि टु’ मुमेन्टलाई निकै गम्भिरपूर्वक लिएको बताइन् । उनले यस अभिनयानलाई ‘सोच बदलौ’ भन्ने हिसाबले लिएको समेत खुलाइन् । केकीले मि टु मुमेन्ट पुरुषको विरुद्धमा नभएको जिकिर गर्दै यो ‘अमानविय व्यवहार विरुद्ध’ रहेको बताइ्न । उनी भन्छिन ‘कति जनाले आफुमाथि भएको घटनालाई जति बेला घटेको हो त्यति बेला नै कदम उठाउन सक्दैनन् । त्यहि भएर पछि कुरा आउँछ । किन भने त्यो घटनाले हरेक दिन पोलिरहेको हुन्छ । कहिलै नभन्नु भन्दा भनेर मर्नु वेश हो ।’

उनले ‘मि टु’ को बारेमा बोल्दै ‘सायद २’ की नायिका स्यारोन श्रेष्ठले आफ्नो आवाज उठाउँदा पनि न्याय नपाएकोमा चित्त दुखाईन । स्यारोनले ‘सायद २’ का निर्माता सुनिल रावलले आफु माथि गरेको दुव्र्यहार विरुद्ध बोलेकी थिइन् । तर स्यारोनले लगाएको आरोप सामान्य मिलापत्रमा सिमित भएको थियो । उतिबेला स्यारोनको समर्थनमा नगरेर आफु चै बच्न खोजेको केकीको दुखेसो छ । ‘त्यो समयमा हामीलाई केहि थाहा छैन भनेर हामी चै बच्न खोज्यो तर कसैलाई बचाउँनु पर्छ भनेर हामीले सोचेनौं’ केकीले भनिन् । यो भिडियो पनि हेर्नुस :

उनले थप्दै भनिन ‘ह्यारेसमेन्टको कहिलै प्रमाण खोज्नु हुँदैन । कसैले कुटेको छ, बलात्कारमा परेर हारे भनेर आईरहेको छ भने त्यसको के प्रमाण हुनसक्छ ? म यो भन्दिन गलत सोचको मान्छे हुँदैनन् । त्यो त हरेक ठाउँमा हुन्छ । तर कसले झुट बोली राखेको छ त्यो देखिन्छ । कसैले दुरव्यवहारलाई भोगेर आएको छ भने उसको आखाँमा देखिन्छ ।’

केकी थप्छिन्, हाम्रो समाजमा महिलालाई नै गलत देखाउने काम गरिन्छ । कसैले आवाज उठाउँछ भने तैंले केहि गल्ती गरेको थिइस होला भनेर प्रश्न उठाइन्छ । ए तैंले त यस्तो लुगा लगाको रहेछ नि त भन्ने जस्ता कुरा उठ्छ । तर अब हामी के भएको रहेछ भनेर बुझ्न तिर लाग्नु पर्छ । त्यसैले मेरो सबैलाई मि टु मुमेन्टबाट आफनो आवाज राख्न आग्रह गर्दछु ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha