मनोरञ्जनको ग्यारेन्टी सहित आयो ‘धुम २’ प्रोमो

नेपाली फिल्म ‘धुम २’ को प्रोमो रिलिज गरिएको छ । सोमबार प्रोमो रिलिज गर्दै यो फिल्मको प्रदर्शन मिति समेत तय गरियो । कलाकार जय किसन बस्नेतको स्क्रिप्ट, निर्माण तथा निर्देशन रहेको फिल्म भदौ ८ गतेदेखि प्रदर्शनमा आउनेछ । मनोरञ्जनको ग्यारेन्टी दिइएको नेपाली फिल्म ‘धुम २’ को प्रोमो हेर्नुस् :

टंक बुथोकीको संगीत रहेको फिल्म धुम २ मा एनवी महर्जनको द्धन्द्ध निर्देशन र जिवन श्रेष्ठको छायाँकन रहेको छ । जय किसन आफैं, निर्देशक शोभित बस्नेत, महिमा सिलवाल लगायत कलाकारहरुको अभिनय रहेको छ । केही वर्ष पहिले धुम प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha