थाइल्याण्डमा रोमान्टिक बने दिवाकर र दीपिका

प्रेम जोडी दिवाकर भट्टराई र दीपिका प्रसाईं यतिबेला थाईल्याण्डमा रमाइरहेका छन् । इन्गेजमेन्ट भएकै दिन त्यसतर्फ उडेका दिवा-दिपको निकै रोमान्टिक तस्बिर बाहिरिएको छ ।

सार्वजनिक तस्बिरमा यो जवान जोडीले एक अर्काको ओठमा चुम्बन गरेको छ । तर दीपिकाले भने उक्त चुम्बन गरेको तस्बिर खिच्न छेकेकी छिन् । त्यस्तै अर्को तस्बिरमा उनीहरुले दुई जनाको हात मिलाएर मुटु अर्थात् लभ को चिन्ह् बनाएका छन् । यी तस्बिरहरु उनीहरुले आफ्नो इन्स्टा स्टोरीमा राखेक थिए ।

दिवा र दिपको सरसर्ती तस्बिर हेर्दा उनीहरु थाइल्यान्ड निकै रमाइरहेका छन् । केही समय छुट्टी मनाएर नेपाल फर्किने यो जोडीको योजना छ ।

दीपिका अभिनित फिल्म ‘छक्का पञ्जा ३’ यतिबेला हलमा चलिरहेको छ भने दिवाकर ‘क्याप्टेन’को सम्पादनमा छन् । फिल्म ऐश्वर्य निर्माण ताका उनीहरु प्रेममा परेका थिए । औंठी साटेका उनीहरु यसै वर्ष बिहे गर्ने योजनामा छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha