करिश्मा र ऋचालाई ‘मालिका’ मन पर्यो, कर्णालीका मुख्य मन्त्रीले पनि हेरे

रेखा थापाको अभिनय, निर्माण र निर्देशन रहेको फिल्म ‘मालिका’ सकारात्मक प्रतिक्रिया मिलेको छ । च्यारेटी शोमा हेर्ने अवसर पाएकाहरुले ‘मालिका’को विषयवस्तुको मुक्तकंण्डले प्रशंसा गरेका छन् । सदाबहार अभिनेत्री करिश्मा माननन्धरले त ‘मालिका’ हेरेपछि रेखा थापा लाई रियल हिरोको उपमा नै दिइन् । यस्तै नायिका ऋचा शर्माले ‘मालिका’ फिल्म नभएर जीवन रहेको बताइन् ।

बुधबार कुमारी हलमा जोन्टाले गरेको च्यारेटीमा ‘मालिका’ हेरेपछि करिश्माले भनिन्, ‘मलाई यो फिल्म मोटिभेसन क्लास जस्तो लाग्यो । रेखाको फिल्ममा महिला हिंसा विरुद्ध कुनै न कुनै सन्देश र समाजिक कथावस्तु उठाइएको हुन्छ । तर यो फिल्ममा यति गहिराई छ त्यसलाई देखेर म आफै आकर्षित भएँ । मेरो विचारमा एउटा स्तरमा पुगेको कलाकारले गर्ने काम भनेको रेखाको जस्तो हो ।’

करिश्माले थप्दै भनिन ‘रेखाले फिल्म क्षेत्रमा जुन इमेज बनाएको छ त्यसलाई मर्न दिएको छैन । यो फिल्मले मनोरञ्जन दिन्छ । तर यो फिल्ममा उठाएको विषयले धेरै महिलालाई न्याय दिने मेरो अपेक्षा छ । डाइलग पनि राम्रो छ ।’ साथै उनले नेपालको हरेक महिलालाई ‘मालिका’ हेर्न समेत अनुरोध गरिन् ।

आफ्नै पहलबाट जोन्टालाई ‘मालिका’ च्यारेटी गर्न सफल नायिका ऋचा शर्माले मालिका बारे भनिन्, ‘यो फिल्म एकदम समय सान्र्दभिक छ । अभिनयको त म जज नै गर्न सक्दिन । यो फिल्म हेर्दा हामी चै समाज हो । हामी चाहिं केहि गर्न नसकेको महसुस गरें । उनले भपिन्, मलाई मालिकाको ट्रेलरले नै आकर्षित गरेको थियो । यो फिल्म समाजलाई हेरेर बनाएको हुदाँ हरेक ठाउँमा पुग्न जरुरी छ । विशेष गरी त दुर्गम ठाँउमा नि पुग्न जरुरी छ ।’

यस्तै बिहिबारै कर्णालीका मुख्यमन्त्री, मन्त्री, वीरेन्द्रनगर नगरपालिकाका मेयर, उपमेयर लगायतले मालिका हेरेका छन् । फिल्म हेरेपछि उनीहरुबाट पाएको सकारात्मक प्रतिक्रियाले आफुलाई हौसला मिलेका रेखाले बताइन् ।

‘मालिका’मा रेखासँगै जाजरकोटी कमला ओलीको मुख्य भूमिका रहेको छ । फिल्मको कथा रेखा र नर बहादुर कार्की मिलेर तयार गरेका हुन् । ‘मालिका’ यही कात्तिक १६, शुक्रबारदेखि लाग्दैछ ।

भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha