सुपरहिट फिल्म ‘ए मेरो हजुर २’ संसारभर

गत सालको सुपरहिट फिल्म ‘ए मेरो हजुर २’ युटुवमा आएको छ । झरना थापाको डेव्यु निर्देशन रहेको फिल्ममा सलिनमान बनियाँ, साम्राज्ञी राज्यलक्ष्मी शाह र सलोन बस्नेतको मुख्य भूमिका रहेको छ । पुरा फिल्म हेर्नुस् :

निर्माता सुनिल कुमार थापाको निर्माण रहेको फिल्म ‘ए मेरो हजुर २’ व्यापारिक रुपमा सफल फिल्म हो । स्व.निर्देशक शिव रेग्मी र अभिनेता श्रीकृष्ण श्रेष्ठप्रति समर्पित फिल्मलाई दर्शकले रुचाएका थिए ।

पहिलो फिल्मको सफलतापछि झरना हाल ‘ए मेरो हजुर ३’ को छायाँकनमा व्यस्त छिन् । सलिनले दोश्रो फिल्म यात्राको सकेका छन् । साम्राज्ञीको भने ए मेरो हजुर पछि तीन वटा फिल्महरु प्रदर्शनमा आइसकेका छन् । हलमा सफल ‘ए मेरो हजुर २’ लाई युटुवमा पनि रुचाइएको छ । साम्राज्ञी र सलिनसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha