राजधानीमा प्रदीप र जसिताको ‘लभ स्टेशन’

नायक प्रदीप खडका र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको लभ स्टेशनको फिल्म यतीबेला काठमाडौंमा छायाँकन भईरहेको छ । उज्जवल घिमिरे निर्देशित यो फिल्मको दुई ओटा गीत बाहेक सबै छायाँकन तिहार अघि नै सक्ने टिमको लक्ष्य छ ।

दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिशत छायाँकन सकेर दशैं लगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर आएको थियो । एक साताको इलाम बसाईमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिशत छायाँकन सकेर फिल्म ‘लभ स्टेशन’ को युनिट २ दिन अघि काठमाडौं आएको हो ।

काठमाडौंको बाँकी १० प्रतिशत छायाँकन यतीबेला भईरहेको छ । तीहारसम्ममा काठमाडौंको छायाँकन सम्पन्न गर्ने यसका निर्माता गोविन्द शाहीले बताएका छन् । फिल्मको १२ आसोजबाट दर्जिलिङ देखि छायाँकन सुरु गरिएको थियो ।
‘हामीले लक्ष्मी पूजासम्म करिब ९० प्रतिसत छायाँकन सक्दै छौं । अब तिहार पछि बाँकी एउटा गीत मनाङको विभिन्न सुन्दर स्थानमा र एउटा गीत जापानमा खिच्दै चलचित्रको छायाँकन सम्पन्न गर्नेछौं’ निर्माता शाहीले भने,‘हामीले तोकेको निर्धारित ४५ दिन भित्रै फिल्मको सम्पूर्ण छायाँकन सम्पन्न हुँदैछ । लभ स्टेशनलाई अब यो बर्षको अन्तिमसम्ममा हामी देश व्यापी सिनेमा हलमा रिलिज गर्नेछौं ।’

सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्म लभ स्टेशन प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय छ ।
लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । प्रदीप र जसितासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha