‘मुन्द्रेको कमेडि क्लब’ सोमबारदेखि एनटिभीमा

हाँस्य व्यांग्य कलाकार जितु नेपालको कमेडि शो ‘मुन्द्रेको कमेडि क्लब’ तिहारलाई लक्षित गरेर नेपाल टेलिभिजनमाफर्त सोमबार राती ८ः५० बजे देखि कार्यक्रम प्रसारण हुँदैछ । जिरे खुर्सानीले जन्माएको पात्र मुन्द्रे दर्शक माझ निकै लोकप्रिय छ ।

त्यहि नामलाई लिएर जितु सानो पर्दामा आउँदै छन् । विगत २२ वर्ष देखि दर्शकलाई हँसाएर मनोरञ्जन गराउँदै आएका जितु जिरे खुर्सानी पछि यो कार्यक्रम लिएर टेलिभिजनको पर्दामा फर्किदै छन् । यो कार्यक्रम नेपाल टेलिभिजनको साथै युटुबमाफर्त लाइभ गराउने जितुले शनिबार गरिएको प्रेस शोमा जानकारी दिए । मुन्द्रेको कमेडी क्लब कार्यक्रम भारतिय कमेडि शो ‘कपिल शर्मा शो’ बाट प्रभावित भएर तयार पारिएको धेरैको आरोप छ । यद्पी जितुले यो कार्यक्रममा नेपालीपन हुने बताएका छन् । प्रति एपिसोड निर्माण गर्च मात्रै ७ लाख रुपैयाँ दाबी गरिएको छ ।

यस कार्यक्रममा दीपाश्री निरौला अध्यक्षको रुपमा रहेकी छन् भने अन्य कलाकारहरु राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई लगायत सहभागिता रहनेछ । कार्यक्रमलाई रवि श्रेष्ठले निर्दशन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha