आयुष्मान खुरानाको ‘बधाई हो’ सय करोड क्लबमा

आयुष्मान खुरानाको फिल्म ‘बधाई हो’ सय करोडको क्लबमा पुग्न सफल भएको छ । यो फिल्म आयुष्मानको करियरमै निकै फलदायिक रहेको छ ।

‘बधाई हो’ ले प्रदर्शनको १७ औं दिनमा एक सय करोड कमाएको हो । यो फिल्मलाई दर्शकले निकै रुचाएका छन् । फिल्मले तेस्रो हप्ताको शुक्रबार पनि २.३५ करोड कमाएको छ । शनिबार ३.५० करोड कमाउँदै फिल्मले बक्स अफिसमा १००.१० करोड जम्मा गरेको छ । यो वर्ष खुरानाको लागि निकै राम्रो रहेको छ । यसै वर्ष रिलिज भएको फिल्म ‘अन्धाधुन’ले पनि बक्स अफिसमा राम्रो कमाइ गरेको छ ।

‘बधाई हो’ यो वर्षको सय करोड कमाइ गर्ने फिल्म मध्ये दश नम्बरमा परेको छ । तरण आर्दशले सामाजिक सञ्जालमार्फत २०१८ को सुपरहिट फिल्मको सुची सार्वजनिक गरेका छन् । यो वर्ष दीपिका पादुकोणको अभिनयमा रहेको फिल्म ‘पद्मावत’ पहिलो पटक सय करोडको क्लबमा पुगेको थियो ।

सय करोडको क्लबमा ‘रेड’, ‘बागी २’, ‘राजी’, ‘रेस ३’, ‘सन्जु’, ‘गोल्ड’, ‘स्त्री’ पछि ‘बधाई हो’ पुगेको हो।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha