प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’ को पोस्टर

बलिउड चर्चित अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुनाः द लिटिल भिजिटर’को नयाँ पोस्टर सहित रिलिज मिति तय भएको छ ।

पोस्टरमा तीन जना बालबालिका प्रस्तुत छन् । जेठो दाजुले नाम्लो बोकेर जिम्मेवारी उठाएका छन् भने सानी नानीले काखे भाईलाई बोकेकी छिन् । यसले फिल्म बसाईसराई सम्बन्धी हुन सक्ने अनुमान गर्न सकिन्छ । पोस्टरमा फिल्मको प्रदर्शन मिति ७ डिसेम्बर उल्लेख गरिएको छ । यो पोस्टरलाई तरण आर्दशले टुविटर मार्फत सार्वजनिक गरेका हुन् ।

यो फिल्मले जर्मनीमा भएको फिल्म फेस्टिभल र अन्तराष्ट्रिय फिल्म महोत्सवमा दुई पुरस्कार हात पार्न सफल भएको छ । फिल्ममा लेखन निर्देशन पाखी ए टेरेबालेको गरेको छ भने निर्माण प्रियंका चोपडा र उनकी आमा मधु चोपडाको रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha