निखिल उप्रेतीको ‘भिलेन’ लुक्स रिलिज

निखिल उप्रेती स्टारर फिल्म ‘भिलेन’ को पहिलो मुहार सार्वजनिक भएको छ । फिल्मको पहिलो लुक्सको रुपमा निखिल उप्रेतीको आक्रोशित अनुहारलाई सार्वजनिक गरिएको छ ।

पोस्टरमा निखिलले रातो टिका लगाएका छन् भने जुङ्गा पालेका छन् । यो पोस्टरमा निखिललाई मात्र प्रस्तुत गरिएको छ । पौष २७ गते रिलिज मिति तोकि पाहिलो लुक्स सार्वजनिक गरिएको हो । फिल्ममा निखिलसँगै नायिकाद्वय निशा अधिकारी, शिल्पा पोखरेल र कलाकार कपिल खत्रीको मुख्य भुमिका रहेको छ ।

देवेन्द्र पाण्डेले निर्देशन गरेको फिल्म भिलेनलाई बल बहादुर श्रेष्ठ (सितल)ले निमार्ण गरेका हुन । द ग्लोबल पिक्चर्स पा. ली को प्रस्तुती रहेको फिल्मलाई मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन गरेका छन् । फिल्ममा मौनता श्रेष्ठको लेखन रहेको छ भने सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन गरेका छन् ।

भिलेन लाई मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन गरेका छन् । बसन्त सापकोटा, बाबु गिरी, लालकुमार बरालको संगीत रहेको छ भने सुक्रराज शाहको द्धन्द, दिपेन्द्र तिमल्सिना, दिपक श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha