ट्रेन्डिङ नम्वर ३ मा ‘२ रुपैयाँ’को प्रोमो

भदौ २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘२ रुपैयाँ’ को प्रोमो रिलिज गरिएको छ । बिहिबार रिलिज भएको प्रोमोलाई शुक्रबार मध्यान्हसम्म साढे चार लाख बढीले हेरेका छन् भने ट्रेन्डिङ नम्वर तीनमा आएको छ प्रोमो यस्तो बनेको छ :

अशिम शाहको निर्देशन रहेको फिल्म ‘२ रुपैयाँ’ मा समावेश कुटुमा कुटु बोलको गीत सर्वाधिक हिट । कमेडी जनराको फिल्ममा आशिफ शाह, निश्चल बस्नेत, बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन इशान लगायत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha