दीपिका खेल्ने भनिएको फिल्ममा साम्राज्ञी अनुबन्धित

पुनम इन्टरटेनमेन्टले निर्माण गर्न लागेको नयाँ फिल्ममा नायिका दीपिका प्रसाईं खेल्ने चर्चा थियो । तर यो फिल्मका लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् ।

‘दीपिकासँग फिल्म गर्ने कुरा मात्रै भएको थियो’, इन्टरटेनमेन्टकी प्रमुख तथा निर्माता पुनम गौतम क्षेत्रीले भनिन्, ‘मेरो पहिलो रोजाइमा साम्राज्ञी नै थिइन । स्क्रिप्ट चित्त बुझेपछि साम्राज्ञी फिल्म खेल्न तयार भएकी हुन् ।’ थाइल्यान्ड डेटमा रहेकी दीपिका उता जाँदापनि आफुलाई जानकारी नगराइ गएको पुनमको भनाई छ ।

‘फिल्मको लागि दीपिका लगायत अन्य थुप्रै हिरोइनसँग कुरा गरेपनि स्क्रिप्टको डिमाण्ड साम्राज्ञी नै थिइन । उनले फिल्म खेल्छु भनी साइँन गर्दा हामी निकै खुसी छौं’, पुनम भन्छिन् । उनले साम्राज्ञीलाई पन्ध्र लाख पारिश्रमिक दिएको समेत स्विकार गरिन् । नवल नेपालले निर्देशन गर्ने फिल्ममा नायक पुष्प खड्का र नाकिया रेबिका गुरुङ पक्का भैसकेका छन् ।

माघको दोस्रो हप्ताबाट फिल्मको छायाँकन सुरु गर्ने टिमको लक्ष्य छ । गोविन्द फुयाँलको लेखन रहेको फिल्म महिला केन्द्रित रहेको निर्माताको भनाईछ ।

सञ्जय लामाको छायाँकन रहने फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत दिएका छन् । फिल्म निर्माणमा पुनम राजा प्रधानले सघाउने छन् । फेसन डिजाइनर समेत रहेकी पुनमले यसअघि अझै पनि निर्माण गरेकी थिइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha