शिशिर र अमृताको ‘मोहनी लाएको’ रिलिज (भिडियो)

गायिका कमला श्रेष्ठको स्वरमा मोहनी लाएको बोलको गित सर्वजनिक भएको छ । सन्तोष खनालल निर्देशन रहेको उक्त म्युजिक भिडियोमा कलाकारद्वय शिशिर भण्डारी र अमृता खनालको अभिनय रहेको छ । भिडियो :

गीतमा न्युह बज्राचार्यको संगीत तथा दुर्गालाल श्रेष्ठको शब्द रहेको छ । गीतले दर्शक तथा श्रोताको मन जित्नमा आफु पुरा आशावादी रहेको गायिका कमला श्रेष्ठ बताएकी छन् । बाह्र बर्षको उमेरमा हाइ भोल्टको करेण्टबाट दुई हात र एक खुट्टा गुमाउन पुगेकी गायिका श्रेष्ठले यो गीतबाट सकारात्मक प्रतिकृयाको आशा राखेकी छिन् । सन्जिप श्रेष्ठको सम्पादन रहेको भिडियोको छायांकार बुद्ध थापा हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha