लक्ष्मी पूजामा रेखाले झुक्याइन् !

रेखा थापाले यस वर्षको लक्ष्मी पूजा आफु बस्दै आएको चावहिलको अपार्टमेन्टमा गरिन् । तर उनले फेसबुकमा पोस्ट गरेका लक्ष्मी पूजाको तस्बिरहरुमा भने लोकेशन गृहनगर विराटनगर उल्लेख गरिन् । आखिर किन त ?


रेखा थापा उर्फ ‘मालिका’ले लोकेशन मात्रै होइन्, लक्ष्मी पूजाको तस्बिर पनि विराटनगर घरको हालेकी छन् । झिलिमिलि विराटनगर घरको प्रांगणमा रंगोली बनाइएको छ । रेखाले आफ्नो अपार्टमेन्ट बाट भने क्लोज फोटो हालेर चलाखी गरेकी छन् ।

जे होस् रेखाले फेसबुकमा रहेका आफन्त र शुभ चिन्तकलाई आफु बिराटनगरमा भनेर झुक्याइन् । किन हो, उनै जानुन् । तर यस वर्षको भाइटिका छेकिएको उनले बताइन् । उनीद्वारा निर्देशित फिल्म ‘मालिका’ लागिरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha