‘छक्का पञ्जा ३’ को अमेरिकामा नयाँ रेकर्ड

नेपालमा सर्वाधिक व्यापार गर्न सफल फिल्म ‘छक्का पन्जा ३’ ले विदेशमा पनि नयाँ रेकर्ड बनाएको छ । अमेरिकामा यसअघि रिलिज भएका ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’ र ‘लुट २’ तीन सातासम्म चलेका थिए ।

यी तीन फिल्महरुले बनाएको लामो समयसम्म चलेको रेकर्डलाई ‘छक्का पञ्जा ३’ ले तोडेको छ । नेपालीहरुको बाक्लो बसोबास रहेको अमेरिकाको डालस टेक्सासमा ‘छक्का पन्जा ३’ ले लगातार १ महिना चलेर नयाँ रेकर्ड बनाएको हो ।
फिल्मले हालसम्म डालसमा मात्रै ६४ शो को सफल प्रदर्शन गरिसकेको छ भने अझै प्रदर्शन भैरहने जानकारी डालसका लागी अधिकारिक वितरक नेप्सिने र प्लानेट थ्री फिल्मस् ले जनाएको छ । दीपक र दिपासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

दिपाश्री निरौलाद्वारा निर्देशित फिल्म ‘छक्का पन्जा ३’ मा दिपकराज गिरी, केदार घिमिरे, दीपिका प्रसार्इं, जितु नेपाल, निर शाह, बुद्दि तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha