बक्स अफिसमा कमजोर बन्दै ‘ठग्स अफ हिन्दोस्तान’

महानायक अमिताभ बच्चन र आमिर खान स्टारर फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ दीपावलीको अवसर पारेर ८ नोबेम्बरमा रिलिज भएको थियो । यो बहुप्रतिक्षित फिल्मले बलिउडमा सबैको ओपनिङको रेकर्ड पनि तोड्यो ।

तर फिल्म राम्रो नहुँदा दिनानुदिन व्यापार घट्दै छ । यो फिल्मले सुरुको दिनमा ५२ करोड २५ लाख कमाएर नयाँ रेकर्ड बनायो । दोस्रो दिन २८ करोड कमायो । त्यसैगरी तेस्रो दिनमा झन व्यापार खस्केको छ । तेस्रो दिन सम्म आइपुग्दा यो फिल्मले २३ करोड मात्र कलेक्सन गरेको छ । निकै नै प्रतिक्षा गरिएको ‘ठग्स अफ हिन्दोस्तान’ लाई दर्शकले गाली र समिक्षकले आलोचना गरिरहेका छन् ।

आमिताभ र आमिरको पहिलो सहकार्यले धमाका मचाउने आशाले दर्शक उत्साहका साथ हलमा पुगेका थिए । तर यो फिल्मलाई आमिरको लाइफ टाइमकै झुर फिल्मको रुपमा लिइएको छ । यसकारण यो फिल्मलाई आफ्नो लगानी उठाउनै मुस्किल पर्ने देखिएको छ ।

लगभग २५० करोडमा बनेको फिल्मलाई बक्स अफिसमा सय करोड जम्मा गर्न समेत मुस्किल परेको छ । फिल्ममा अमिताभ बच्चन, आमिर खान, कट्रिना कैफ, फातिमा सना शेखको मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha