मनिषा कोइरालाको नयाँ जीवन बारे पुस्तक आउँदै

अभिनेत्री मनिषा कोइराला आत्मकथामा आधारित ‘हिल्डः हाउ क्यान्सर गिभ मी अ न्यू लाइफ’ नामक पहिलो पुस्तक सार्वजनिक हुदैछ । क्यान्सर लागेको समयको निराशा, अनिश्चितता र डरलाई यो पुस्तकको विषयवस्तु बनाइएको छ ।

मनिषाको क्यान्सरसँगको लडाईं र आफनो व्यक्तिगत जीवनको कुरालाई यस पुस्तकमा समावेश गरिएको छ । मनिषाको यो पुस्तक निलम कुमारले लेखेकी हुन् । निलमको यो भन्दा अगाडि आठ ओटा पुस्तक सार्वजनिक भइसकेका छन् । निलम भारतको उत्कृष्ट लेखकको रुपमा परिचित छिन् ।

शनिबार मनिषाले ट्विटर मार्फत किताबको मुख्य पृष्ठ सार्वजनिक गरेकी छिन् । उनले लेखेकी छिन ‘क्यान्सरबाट मुक्त भएर फेरि राम्रो जीवन जिउनु सिकाइ हो ।’ साथै उनले यो पुस्तक किन्नको लागि अनुरोध गरेकी छिन् ।

अंगेजी भाषाको पुस्तक भारतको पेन्गुइन प्रकाशनले बजारमा ल्याउने तयारी रहेको छ । पुस्तकको मुल्य भारतिय ३४६ रुपैयाँ रहेको छ । बलिउड फिल्मबाट चर्चा कमाएकी मनिषा २०१२ मा क्यान्सर ग्रसित थिइन । मनिषा अहिले क्यान्सर मुक्त भएको लगभग ६ वर्ष भईसक्यो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha