आउँदो जुनमा हङकङमा फिल्म अवार्ड हुने

हङकङमा सन् २०१९ को जुनमा नेपाली फिल्मको अवार्ड हुने भएको छ । एभरेष्ट इन्टरटेन्मेन्ट कम्पनी लिमिटेडको आयोजनामा हुन लागेको अवार्डमा २१ विधामा पपुलर अवार्ड प्रदान गरिनेछ । सन् २०१८ मा रिलिज भएका नेपाली चलचित्रहरुले यो अवार्डमा सहभागीता जनाउन पाउनेछन् ।

हङकङको ‘क्विन एलिजावेथ स्टेडियम’मा यो अवार्ड आयोजना हुने आयोजकले आज हङकङमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।अवार्डको नेपाल संयोजन भने संगिक्षा फिल्मस्ले गर्नेछ । अवार्डको पत्रकार सम्मेलनमा संगिक्षा फिल्मस्का प्रमुख मनोज केसी पनि उपस्थित थिए ।

अवार्डको लागि हङकङ आयोजक टिमको रुपमा जी एम ठकुरी, लोकराज लिम्बु, लिलेश्वरी खड्का, सञ्जु भट्ट रहेका छन् । अवार्डको संयोजकको रुपमा शान्ती नेपाली रहेकी छिन् ।

यो अवार्डमा फिल्म क्षेत्रमा विशेष योगदान पु¥याउने एक फिल्मकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha