सविनले फेसबुकमा फोटो हाल्दा पग्लिइन् अनु !

नायक सविन श्रेष्ठ र नायिका अनु शाह प्रेममा रहेको कुरा सर्वविदितै छ । लामो समयदेखि प्रेममा रहेपनि यी दुईले  सार्वजनिक रुपमा आफ्नो प्रेम स्विकारेका छैनन् ।

जे होस् सविन र अनुबिच गहिरो प्रेम सम्बन्ध रहेको उनीहरुको निकटस्थ बताउँछन् । अनुले आफ्नो गर्धनमा सविनको नाम नै खोपाएकी छन् । तर केही समयदेखि उनीहरुको प्रेममा धमिरा लागि रहेको गाईंगुईं छ । बुझ्नमा आए अनुसार सविनदेखि अनु निकै रिसाएकी छन् । उनी यतिसम्म रिसाइन् कि उनी सविनसँग सम्पर्क विहिन नै भइन् ।

तर अनुसँग सम्पर्क बिहिन भएर सविन बस्न सकेनन् । त्यसैले उनले तिहारमा आफ्नो र अनुको तर्फबाट फेसबुक मार्फत शुभकामना दिए । जबकी अनुले सविनलाई फेसबुकमा ब्ल्क गरेकी थिइन् । सविन, शिल्पा र अनुसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

आफ्नो फोटो राखेर सविनले फेसबुकमा तिहारको शुभकामना दिएपछि अनु पग्लिइन् । ब्ल्क खोलिन् र उक्त तस्बिरमा ‘हार्ट’को रिप्लाइ दिइन् । बुझिए अनुसार उनीहरुको प्रेम सम्बन्ध अहिले ठिकठाक छ । ठिक मात्रै होइन, सविन र अनुको प्रेम सम्बन्ध सधैं राम्रो होस् शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha