आमिर खान अभिनयबाट बिश्राम लिदै !

बलिउडका चर्चित अभिनेता आमिर खान अभिनित फिल्म ‘गजनी’, ‘थ्री इडिएटस’, ‘पिके’, ‘दंगल’ जस्ता फिल्मलाई दर्शकहरुले निकै रुचाएका थिए । यीनै फिल्मले गर्दा आमिर खान प्रति निकै आशावादी भएका थिए दर्शक । तर उनको ‘ठग्स अफ हिदोस्तान’ले दर्शक मात्र होइन आमिर आफु पनि निराश भएका छन् ।

दिपावलीको अवसर पारेर रिलिज गरिएको आमिर अभिनित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ बक्स अफिसमा असफल सावित भैसकेको छ । फिल्मले सुरुकोे दिनमा ५२ करोड कमाएर राम्रो ओपनिङ गरेको थियो तर दोस्रो दिन त्यो रेकर्ड कायम गर्न सकेन । समिक्षक र दर्शकको नकारात्मक प्रतिक्रियाले आमिरको फिल्मको व्यापार मात्र खस्केको छैन उनको करियरमा समेत ठेस पुगेको छ । भारतिय मिडियाका अनुसार आमिरले पहिला नै फिल्ममा केहि गडबड छ भन्ने महसुस गरिसकेका थिए, त्यसैले उनले फिल्मको धेरै ठुलो प्रमोशन पनि गरेनन् ।

आमिर खान अभिनयमा ब्रेक लिदै छन् भन्ने खबरले भारतीय मिडिया छाएको छ । अब उनी अभिनयमा भन्दा पनि फिल्म निर्माणमा केन्द्रित रहनेछन् । उनी छिट्टै नै आफनो ड्रीम प्रोजेक्ट ‘महाभारत’ को सुटिङ सुरु गर्दैछन् । यो फिल्ममा आमिर निर्माताको रुपमा रहने छन् । फिल्ममा उनको अभिनय हुन्छ कि हुदैन भन्ने कुरा अन्यौल रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha