शिल्पा पोखरेलको ‘च्यानाकुटी झ्याई’ (भिलेन गीत)

शिल्पा पोखरेलका ‘च्यानाकुटी झ्याई’ : भिलेन गीत
पौष २७ गते रिलिज हुने फिल्म ‘भिलेन’को ‘च्यानाकुटी झ्याई’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अन्जु पन्त र रामचन्द्र काफलेको स्वर रहेको छ । गीतमा शिल्पा पोखरेलले नृत्य गरेकी छिन् । भिडियो :

एकनारायण भण्डारीको शब्द रहेको गीतमा लाल कुमार बरालले संगीत दिएका छन् । दीपेन्द्र तिमल्सिना र दीपक श्रेष्ठले गीतमा कोरियोग्राफी गरेका छन् । फिल्ममा निखिल उप्रेती, शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्री लगायतका कलाकारहरुको अभिनय रहेको छ । दिभेन्द्र पाण्डेले निर्दशन गरेको फिल्मलाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् ।

फिल्म भिलेन मा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् भने राजकुमार श्रेष्ठ सहनिर्माताको रुपमा रहेका छन् । फिल्ममा कथा लेखन मौनता श्रेष्ठको रहेको छ भने शुक्रराज शाहको द्वन्द्व रहेको छ । फिल्ममन सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha