‘सयकडा दश’को गीत : ‘दाईलाई कुरा लाइदिनी’

भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’ले पहिलो गीत ‘दाईलाई कुरा लाइदिनी…’ सार्वजनिक गरेको छ । कल्याण सिंहको संगीत रहेको गीतमा तृषला गुरुङ र सन्देश पाठकले स्वर दिएका छन् । शब्द फिल्मका निर्देशक रामशरण पाठकले लेखेका छन् । भिडियो हेर्नुस् :

गीतको भिडियोमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोल फिचर्ड छन् । मुख्य पात्रको वैवाहिक समारोहलाई चित्रण गरिएको गीतलाई पोखरा माटेपानीस्थित भद्रकाली मन्दिरमा छायांकन गरिएको हो ।

भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा फिल्मले पेश गर्छ । मनोज गजुरेल र राजाराम पौडेल समेत मुख्य भूमिकामा छन् । कमेडियन समेत रहेका गजुरेलको यो डेब्यु फिचर हो । गजुरेललाई गत महिना अस्कर अवार्डको अफिसियल च्यानल एबीसीले विश्वका उत्कृष्ट २० कमेडियनमध्य छानेको छ ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सहनिर्माता हुन् । निर्माताले च्यारिटीसहित सामाजिक कार्यमार्फत पनि फिल्मको प्रवद्र्धन गर्ने प्रचार संयोजक सुदीप पौडेलले बताए ।

नेपाल प्रदर्शनपूर्व थाइल्यान्ड र म्यानमारमा फिल्म प्रदर्शन गर्ने तयारीमा निर्माता जुटेका छन् भने निर्मात्री प्रधान नेपाली फिल्मको बजार अध्ययनका लागि युरोप भ्रमणमा छिन् । माघ १८ गते फिल्म नेपालमा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha