१८ करोडको गाडी चढ्ने राष्ट्रपतिलाई रेखा थापाको प्रश्न

राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षाका निम्ति १८ करोडको गाडी माग भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना र व्यांग्य भैरहेको छ । यस्तैमा नायिका रेखा थापाले राष्ट्रपतिको १८ करोडको कार माथि आफ्नो अभिव्यक्ति सार्वजनिक गरेकी छन् ।

पछिल्लो समय महिला हिंसा विरुद्ध आवाज उठाउँदै आएकी रेखाले आइतबार आफ्नो फेसबुक मार्फत राष्ट्रपति भण्डारीका लागि १८ करोडको कार भन्दा नेपालका छोरीको साहस वृद्धिमा ध्यान जानु पर्ने आशयपूर्ण स्टाटस लेखेकी छन् । ‘कुरा १८ करोडको गाडीको होइन । यो धेरै ठुलो रकम पनि नहोला नेपाली जनतालाई । तर १८ जना छोरीले आफु यो देशको राष्ट्र प्रमुख हुने सपना देख्छन् त ? यो लगानीले देश लाई के दिन्छ ?’, रेखाले आफ्नो फेसबुकमा लेखेकी छन् ।
फेसबुकमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र एक आधुनिक गाडी सहितको फोटो पोस्ट गर्दै रेखाले प्रश्न गरेकी हुन् ।

राष्ट्रपति छोरी भएरपनि नेपालका छोरीमा अझै पनि राष्ट्र हाँक्ने क्षमताको वृद्धि भैनसकेको रेखाको स्टाटसको आशय हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha