बाइकले ठक्कर दिंदा बिपिन कार्कीको खुट्टा भाँचियो

अभिनेता बिपिन कार्की दुर्घटनामा परेका छन् । मंगलबार बिहान बाइक दुर्घटनामा पर्दा बिपिनको दाहिने खुट्टा भाँचिएको एक्सरेमा देखिएको निर्देशक प्रदीप भट्टराईले जानकारी दिए । बिपिनको यतिबेला बल्खुस्थित बयोधा अस्पतालमा उपचार भैरहेको छ ।

फिल्म ‘जात्रै जात्रा’को छायाँकनमा जाँदै गर्दा बिपिन कालिमाटीमा बाइक दुर्घटनामा परेका हुन् । विपिन चढेको मोटरसाइकललाई अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिने बाइक चालक भने फरार भएको निर्देशक भट्टराईको भनाई छ । ‘हामी त्यही बाइकवाला लाई खोज्दैछौं,’ निर्देशक भट्टराईले भने । बिपिन दुर्घटनामा परेपछि ‘जात्रै जात्रा’को छायाँकन रोकिएको छ । ‘जात्रै जात्रा’ फागुन १७ गते प्रदर्शनमा आउँदैछ ।

‘जात्रै जात्रा’को छायाँकनमा व्यस्त बिपिन अभिनित प्रसाद यही मंसिर २१ गतेदेखि प्रदर्शनमा आउँदैछ । अकास्मात बिपिन दुर्घटनामा पर्दा ‘प्रसाद’को प्रचार पनि प्रभावित हुने देखिएको छ । बिपिनकै अभिनय रहेका अर्को फिल्म ‘गोपि’ ले पनि माघ १५ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha