अष्ट्रेलियाका दर्शकसँग ‘छक्का पञ्जा’ गर्दै दीपक र दिपा

‘छक्का पञ्जा ३’ विदेशमा रहेका नेपालीहरु माझ पनि हिट भैरहेको छ । अष्ट्रेलियामा मात्रै यो ब्ल्कबस्टर फिल्म लगातार १९ दिनसम्म चल्न सफल भएको छ । दिपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ३’ ले नेपालमा १७ दिनमै सर्वाधिक १६ करोड भन्दा बढी ग्रस कलेक्सन गर्यो ।

लामो समयसम्म फिल्मको शो सञ्चालन भएपछि निर्देशक निरौला र निर्माता, लेखक तथा अभिनेता दिपकराज गिरी अष्ट्रेलिया पुगेका थिए । दिपक र दीपाले सोमबार दर्शकसँग बसेर फिल्म हेर्नुको साथै साक्षात्कार पनि गरे । अष्ट्रेलियासँगै ‘छक्का पञ्जा ३’ विभिन्न देशमा सफलताका साथ प्रदर्शन भैरहेको छ । नेपालमा ब्ल्कबस्टर भएपछि विदेशमा फिल्मको माग बढ्दो छ । दिपक र दिपासँग अष्ट्रेलियाको शोमा कलाकारद्वाय बुद्धि तामांग र अनुरागमान सिंह कुँवर सहभागी भए ।

सरकारी र निजी विद्यालयबिचको अन्तरलाई देखाइएको फिल्म ‘छक्का पञ्जा ३’ मा दिपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, निर शाह, बुद्धि तामाङ, जयन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha